Logo
Logo

नेपालद्वारा भारतलाई नेपाली भूमिभित्रका गतिविधि रोक्न आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ बैशाख । भारत सरकारले लिपुलेकमा नेपाली भूमि हुँदै तिब्बतसम्म सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ ।


१८१६ को सुगौली सन्धिअनुसार त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न समेत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।’ मन्त्रालयले ऐतिहासिक घटनाक्रमलाई जोड्दै उक्त भूमि नेपालको भएकाले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।
शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको उल्लेख छ । जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन् । १८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि रोक्न आग्रह गरेको छ ।
लिपुलेकमा भारतले गरेको गतिविधिमा नेपालले यसअघि पनि दोहोर्याएको र सीमाका मुद्दा सम्वादमार्फत सल्टाउने प्रधानमन्त्रीस्तरमा सहमति भएको पनि स्मरण गराइएको छ । ‘ऐतिहासिक सन्धि, तथ्य, नक्सा र दस्तावेजका आधारमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै कुटनीतिक समाधान खोज्न नेपाल सरकार प्रतिवद्ध छ’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१५ मा भारत–चीन सरकारले लिपुलेकलाई दुई देशबीच व्यापारीक मार्गको रुपमा विकास गर्ने सम्झौता गर्दा नेपालले असहमति जनाएको पनि विज्ञप्तिमा स्मरण गराइएको छ ।
यसका लागि नेपालले दुई पटकसम्म वार्ताको आह्वान गर्दा पनि भारतीय पक्षबाट प्रतिक्रिया नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतको रक्षा मन्त्रालयले यही शुक्रबार लिपुलेक हुँदै तिब्बतसम्मको सडक खोलेपछि नेपाल सरकारले विज्ञप्ति निकालेको हो । उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सम्मेलनमार्फत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्