Logo
Logo

सुदूरपश्चिम प्रदेश कोरोना मुक्त, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिला घर फर्किन्


वीरेन्द्र रावल

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, २७ बैशाख । सुदूरपश्चिम प्रदेश कोरोना मुक्त भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगर नगरपालिका वडा नम्बर ५ तारानगरकी कोरोना संक्रमित महिला ३५ दिनपछि सेती प्रादेशिक अस्पतालबाट शनिबार डिस्चार्ज भएर घर फर्किएकी छन् । यससँगै सूदुरपश्चिम कोरोना मुक्त भएको हो ।


बिहीबार र शुक्रबारको चेक जाँचका क्रममा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ३४ बर्षीय दिपा शाहीको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमणमा केही सातासम्म अग्रस्थानमा रहेको सुदूरश्चिम प्रदेश शनिवारबाट कोरोना संक्रमण व्यक्ति नभएको प्रदेशको रुपमा स्थापित भएको छ । तर, आवश्यक किट नभएका कारण विदेशबाट आएर क्वारेन्टाईनमा बसिरहेका मानिसहरु १४ दिनपछि सोझै घर जाने अवस्था सिर्जना भएपछि त्रास भने कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्