Logo
Logo

प्रधानमन्त्री ओलीको अभिव्यक्ति उहाँकै पार्टी लक्षित हो : आरजु राणा


1.6k
Shares

कैलाली । नेपाली कांग्रेसका नेतृ एवं परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली ‘महिला प्रधानमन्त्री’बारे दिएको अभिव्यक्ति एमालेकै लागि भनेको बताएकी छन् । बिहीबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताएकी हुन् ।

प्रधानमन्त्रीले महिला प्रधानमन्त्री बनाउने भन्ने विषय तपाई लक्षित रहेको टिप्पणी भइरहेको छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला । पार्टीभित्रै मेरो हैसियत कति छ, मलाई थाहा छ । म प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्याडिडेट भएको जस्तो लाग्छ । हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।

सोही क्रममा मन्त्री राणाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जानेसमेत बताइन् । उनले २ वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछिको कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको उनले बताइन् । गौरा पर्व मनाउन राणा बुधबार धनगढी पुगेकी थिइन् । उनी आज काठमाडौँ फर्किएकी छन् ।

प्रतिक्रिया दिनुहोस्