Logo
Logo

खुकुरी प्रहारी गरी श्रीमतीको हत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, २८ वैशाख । घरायसी विवादका कारण पूर्वी चितवनमा गए राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ । निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्