Logo
Logo
एकीकृत समाजवादीको ६ बुँदे प्रस्ताव

‘वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहने’


11.7k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ६ बुँदे तात्कालिक प्रस्ताव अघि सारेको छ । जारी केन्द्रीय समिति बैठकमा पेस गरेको ६ बुँदे तात्कालिक प्रस्तावमार्फत एकीकृत समाजवादी वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहँदै आएको बताएको हो ।

पार्टीले विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनका सबै विषयमा खुल्ला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीहरूकाबीच एकता हुने बताएको छ ।

प्रस्तावमा भनिएको छ, ‘त्यसैले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्