Logo
Logo

नाडा अटो शोमा बीवाईडीको ‘सिलायन-०७’ आकर्षणमा


567
Shares

काठमाडौँ । नाडा अटो शो २०२४ मा साइमेक्स इंकले ल्याएको बीवाईडी ‘सिलायन-०७’ सबैको रोजाईमा परेको छ । अटो शोमा अन्य विभिन्न कम्पनिका गाडीहरु भएपनि बीवाईडी ‘सिलायन-०७’ सबैको रोजाइमा परेको हो ।

सिलायन-०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको शोमा जानकारी दिइएको छ । एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।

सिलायन ईभीको लम्बाई ४८३० एमएम, चौडाई १९२५ एमएम, उचाई १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलवेस छ । सिलायनमा ७१.८ र ८०.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । यसले ५५० देखि ६१० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसी साइकलले प्रमाणित गरेको छ ।

सिलायनको इन्टेरियरमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

नाडा अटो शोमा कम्पनीले ‘बीवाइडी एटो थ्री’ एडभन्स भर्सन अर्थात २०२४ भर्सन र सुपेरियर भेरियन्ट तथा बीवाइडी डल्फिन समेत प्रदर्शनीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्