Logo
Logo

मुख्य सचिव अर्यालले सम्हाले कार्यभार


630
Shares

काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले कार्यभार सम्हालेका छन् । बिहीबार नेपालका सरकारका मुख्य सचिव नियुक्त भएका अर्यालले आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल सरकारका सचिवहरूले २७ औँ मुख्य सचिव अर्याललाई भव्य स्वागत गरेका छन् । पद बहालीसँगै मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।

सरकारले बिहीवार गृह मन्त्रालयको सचिव रहेका अर्याललाई वरिष्ठ सचिवहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्