Logo
Logo

एकैदिन १० जनामा कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १२० पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ बैशाख । नेपालमा एकै दिन सोमबार १० जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनामा नयाँ १० कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको हो । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषमा र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोनापोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । अहिलेसम्म नेपालमा ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । सरकारले लकडाउन खुकुलो बनाएको भोलिपल्ट नै १० जनामा संक्रमण भेटिएको हो ।
सरकारले आइतबारदेखि अत्यावश्यक कामका लागि लकडाउन केही खुकुलो बनाएको छ । यससँगै राजधानीमा चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्