काठमाडौं । एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
भदौ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
यो अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायबाट स्वीकृति लिने जानकारीसमेत बैंकले गराएको छ ।
बैंकले नियमनकारी निकायबाट स्वीकृति लिएपछि मात्र अग्राधिकार शेयर जारी हुनेछ । हाल बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ ।