Logo
Logo

नाडा अटो शो : २४ सय सवारी साधनहरुको बुकिङ


315
Shares

काठमाडौं । गत भदौ ११ गतेदेखि काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शो २०२४ आज सम्पन्न हुँदैछ ।

जारी अटो शोमा शनिबारसम्मा सबै ब्राण्ड तथा कम्पनीहरुका गरी करिब २४ सय सवारी साधनहरुको बुकिङ भएका छन् । ‘अटो शोको आज अन्तिम दिन आइतबार ८ देखि १० हजार अवलोकनकर्ताहरुको भ्रमण अनुमान गरिएको थियो । तर, विहानै देखि पानी परेकाले प्रभावित हुनेभयो । यद्यपि, हाम्रो लक्ष्य शनिबार नै पुरा भइसकेको छ’ कम्पनीका एक अधिकारीले भने ।

खासगरी दशैंतिहार र छठ जस्ता मुख्य पर्वलाई लक्षित गर्दै नाडाले प्रत्येक वर्ष नाडा अटो शोको आयोजना गर्ने गरेको छ । यसवर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन आयोजना गरिएको अटो शोमा चार पाङ्ग्रेका २४ वटा, दुईपाङ्ग्रेका १९ वटा, ३३ वटा अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, ब्याट्री तथा एसोसरिज ब्राण्ड तथा कम्पनीहरु गरी १३० वटा भन्दा बढी स्टलहरु तथा विक्री केन्द्र छन् ।

अटो शोमा टाटा मोटर्सको ३२८ वटा ‘पन्च ईभी’ बुकिङ भएको छ । अटो शोको पहिलो दिनमै एक सयभन्दा बढी गाडी बुकिङ भएको थियो । अटो शो अझै दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्