काठमाडौं । भदौ ११ गतेदेखि भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ आज सम्पन्न भएको छ । शोमा बीवाइडीका गाडीहरुको माग उच्च रहेको पाइएको छ । अटो शोमार्फत बीवाइडी कम्पनीका ४ सय ५० बढी गाडीहरु बुक भइसकेको कम्पनिले जनाएको छ ।
कम्पनीले नाडा अटो शोलाई लक्षित गरी बीवाइडीको एट्टोका दुई भेरियन्ट, डल्फिन र सि लायन गरी ४ गाडीहरु प्रदर्शनीमा राखेको थियो । यिमध्ये सीलायन भने कम्पनीले बिक्रीका लागि भन्दापनि प्रदर्शनीका लागि मात्रै राखेको थियो ।
शोमा रहेका एट्टो ३ को एडभान्स भर्सन र सुपेरियर तथा डल्फिनको भने बुकिङ उच्च रहेको कम्पनीले जनाएको छ । ग्राहकको बढी आकर्षण भने डल्फिनको तुलनामा एट्टो ३ मा रहेको कम्पनीले जनाएको छ ।