Logo
Logo

विश्वप्रकाशले प्रधानमन्त्री नबन्न आग्रह गरेपछि देउवाले भने- तपाईंले भन्दैमा त्याग गर्ने हो ?


19k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह सभापति शेरबहादुर देउवाले इन्कार गरेका छन् ।

आइतबार केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले देउवालाई आफू नबनेर प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको र उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाएर त्याग गर्न आग्रह गरेका थिए ।

शर्माले बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’ अरु नेतालाई प्रधानमन्त्री बनाउँदा हुने फाइदाबारे शर्माले भनेका थिए, ‘एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’

उनले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्