Logo
Logo

काम गर्न नसके राजीनामा दिन पर्यटनमन्त्रीलाई देउवाको आग्रह


36.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई सुझाव दिएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले स्रोत साधनको अभावमा काम गर्न नसकेको बताएपछि देउवाले यस्तो सुझाव दिएका हुन् । उनले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका थिए ।

आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको भन्दै कांग्रेस र एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्यांक निर्माण गर्न जरुरी रहेको उनले बताएका थिए ।

जवाफमा देउवाले प्रधानमन्त्री ओलीसँग गएर कुरा गर्न भने । ‘तपाईँ आफै बाठो चलाख मान्छे हुनुहुन्छ । गएर कुरा गर्नुहोस्‚’ देउवाले भनेका थिए‚‘सक्नुहुन्न भने छाडेर आउनुहोस् । अर्को गएर मन्त्री बन्छ ।’

प्रतिक्रिया दिनुहोस्