काठमाडौं । वित्तीय समावेशीकरण र सुलभता तर्फको पहल अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले NIMB Smart बचत मोबाइल बैंकिङ्ग एपमा NIMB Smartloan को सुविधा सुरु गरेको छ । यो सुविधामार्फत, बैंकका योग्य ग्राहकहरुले रु. ५,००,०००/- सम्मको कर्जा NIMB Smart app मार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।
बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढिमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ ।
ग्राहकहरूले आफ्नो NIMB Smart app मार्फत email verification गरी सजिलै NIMB Smartloan मा Register गर्न सक्नेछन् । NIMB Smartloan को लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरु पुरा गर्नु पर्दछ । जस्तै तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि ।
योग्य ग्राहकहरूले आफ्नो NIMB Smart बचत मोबाइल बैंकिङ्ग एपको होमपेजबाट NIMB Smartloan apply गरि कर्जाका सबै सुविधाहरु र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ्ग क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरुपमा NIMB Smartloan अपग्रड गरिएको सम्बन्धमा बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख बिश्व सिंहले जानकारी दिएका छन् ।