Logo
Logo

नेपाललाई संकटमा सहयोग गर्न पाउँदा लाग्यो : राजदूत होउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ बैशाख । चीनबाट अनुदानमा ल्याइएको मेडिकल सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् ।
शुक्रबार र शनिबार चीनबाट स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो । चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको बताए । त्यस्तै, राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि संकटमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्