काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव समूहले केन्द्रीय समिति सदस्य संख्या थप गर्दै नेताहरुको कार्यविभाजन गरेको छ । हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा ११ जना थप गर्दै नेताहरुको कार्यविभाजन गरेको हो ।
बैठकमा समितिमा रामकैलाश यादव, माहम्मद इजरायल, सुरदबहादुर स्याङतान, होमकुमारी दोङलगायतलाई थप गरेको छ ।
त्यस्तै वेदप्रसाद आचार्यलाई सल्लाहकार समिति अध्यक्ष बनाइएको छ ।
अनुशासन आयोग प्रमुखमा सुरेन्द्र पटेल, निर्वाचन आयोग प्रमुख शिवसुन्दर शाही, लेखापरीक्षण आयोग प्रमुखमा राजु थापा, प्रशिक्षण विभाग प्रमुखमा सुरद बहादुर स्याङ्तान, समाजवादी किसान महासंघ इन्चार्जमा महेन्द्रबहादुर शाही र समाजवादी युवा संघ इन्चार्जमा टेकबहादुर बाठामगरलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, नेसपाले कोशी र लुम्बिनी प्रदेशको अभिमुखीकरण भदौ २५ देखि ३० सम्म गर्ने, कर्णाली र सुदूरपश्चिमको अखिमुखीकरण असोज ५ देखि १५ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।