Logo
Logo

सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीले सोधे- आइजीपीको ‘जिब्रो थुत्नुपर्ने’ कुन प्रसंगमा भन्नुभएको हो ?


35.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ‘जिब्रो थुत्नुपर्ने’ शब्द कुन सन्दर्भमा बोलेको भनि प्रश्न गरेका छन् ।

‘आज कान्तिपुरमा समाचार आयो के भयो ? तपाईंले कुन सन्दर्भमा भन्नुभएको हो ?’, सोमबार राष्ट्रिय समाचार समितिको कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्रीको जिज्ञासा सुनाए ।

उनले पोखरामा प्रेस कन्फेन्समा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उक्त शब्द प्रयोग गरेको प्रधानमन्त्रीले जानकारी गराएका छन् । पत्रकारले मुख्यमन्त्री हुँदा शासन प्रणालीको कार्यान्वयनको ठाउँमा आफैँ हुँदा के भएको छ भनेर सोधेको प्रश्नमा जवाफ दिने क्रममा उक्त शब्द प्रयोग भएको प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।

गुरुङले प्रहरीको विधेयकबारे विदेशीहरू पनि भएको कार्यक्रममा प्रहरीका हाकिमहरूले संविधानविरुद्ध बोल्दा जिब्रो थुतिदिनुपर्थ्यो भनेको सुनाए । उनले वर्तमान प्रहरी महानिरीक्षकले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको भन्दै मन्त्री गुरुङले आक्रोश पोखेका थिए ।

प्रधानमन्त्रीले गुरुङलाई विवादित हुने गरी नबोल्न निर्देशन दिएका छन् । ‘सरकारका प्रवक्ता पनि हुनुहुन्छ । बोल्दा, भाषा प्रयोग गर्दा विवादमा आउने खालको भाषा प्रयोग गर्ने कुरामा सचेत हुनुपर्छ भन्नुभयो’, गुरुङले भने । प्रधानमन्त्रीले गुरुङलाई लामो नबोल्न पनि सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्