Logo
Logo

मन्त्रालय परिवर्तन भएपछि दीपक मनाङेले दिए राजीनामा


1.8k
Shares

काठमाडौं । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार राजीनामा दिएका उनले आफूले अर्को भाइलाई मन्त्री बनाउन भनेको बताएका छन् ।

सोमबार एमाले सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहेका मनाङेले वन तथा वातावरण मन्त्रालय पाएका थिए । तर, उनी त्यसमा सन्तुष्ट बनेनन्, उल्टै राजीनामा दिए ।

वन तथा वातावरण मन्त्रालयमा मन्त्री नै नचाहिने उनको भनाइ छ । उनले भने, ‘हामीले हेर्ने तितेपातीको झ्याङ हो । कहाँ वन हेर्न पाउँछ हामीले ?’

यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि मनाङेलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्