Logo
Logo

सिद्धार्थ बैंक र अकामा होटेलबीच सम्झौता 


252
Shares

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट हुने भएको छ । सिद्धार्थ बैंक र अकामा होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकले धुम्बाराही स्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्