Logo
Logo

कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजनामा के छ ? (पूर्णपाठ)


378
Shares

काठमाडौं । कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । आज (मंगलबार) बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले सात पृष्ठ लामो कार्ययोजना पेश गरेका हुन् ।

कार्ययोजनामा उनले नेपाल–कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायरा भित्र रहेर नियोगलाई प्राप्त हुने भौतिक श्रोत साधनको अधिकतम सदुपयोग गरी नेपाल र कतार राज्य एवं इस्लामिक गणतन्त्र इरान बिच रहिआएको द्विपक्षीय दौत्य सम्बन्धलाई थप विस्तार, सुदृढ र समय सापेक्ष विकास गर्न भूमिका खेल्ने बताएका छन् ।

‘आपसी सद्भाव, सहकार्य र सहयोग अभिवृद्धि गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, वैज्ञानिक तथा औद्योगिक विकासमा निरन्तर क्रियाशील रहनुका साथै त्यहाँ रहेका नेपालीहरूलाई संरक्षण र सेवा प्रदान, नेपालको प्रतिष्ठा अभिवृद्धि गर्नु एक जिम्मेवार पदाधिकारीको हौसियतले प्रमुख कर्तव्य हुनेछ’, पौडेलको कार्ययोजनामा उल्लेख छ ।

साथै उनले कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवर्द्धनमा जोड दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्