Logo
Logo

युक्रेनी सैन्य तालिम केन्द्रमा रूसी हमला, ५१ जनाको मृत्यु


504
Shares

एजेन्सी । रूसले युक्रेनी सहर पोल्ताभामा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही सैनिकसमेत रहेका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

यूक्रेनको रक्षा मन्त्रालयले आक्रमणमा दुई सय ७१ जना घाइते भएको विवरण सार्वजनिक गरेको छ । त्यहाँ सैन्य तालिम केन्द्र र नजिकै रहेको अस्पतालमा आक्रमण भएको थियो ।

यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबै भन्दा घातक आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किएभले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताएका छन् । यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायतलगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्