Logo
Logo

सत्तारुढ दलका नेताको भण्डाफोर गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले संविधानविपरीत अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार शहीद शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राउण्ड किक हानेको जस्ता अभिव्यक्ति दिएको बताउँदै भने, ‘प्रचण्डलाई राउण्ड किक हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’ यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताले संविधानको व्यवस्थाविपरीत बोलेको गुनासो गरे । उनले भने, ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्