Logo
Logo

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक कांग्रेसद्वारा बहिष्कार


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरको कार्यपालिका बैठक बहिष्कार गरेको छ । कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न बोलाइएको बैठक कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेका हुन् ।

२९ सदस्यीय कार्यपालिकामा आज बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए । तर, मेयर मीनाकुमारी लामाले बैठक नै स्थगित गरेकी छन् । उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत हुन् ।

बहुमत पुग्दा पनि मेयर लामाले एक पक्षीय रूपमा बैठक स्थगित गरेको भन्दै विशेष नगरसभा माग गरेका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले आपत्ति जनाएका छन् ।

हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल गरेर मात्रै अर्को बैठक तय गर्ने बताएर मेयरले एकपक्षीय तरिकाले बैठक स्थगित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्