Logo
Logo

कटारीमा आमा-छोरा मृत भेटिए, हत्याको आशंका


630
Shares

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछविसेस्थित एक घरमा बिहीबार बिहान आमा र छोरा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएका हुन् ।

आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा दुवैजनाको शव फेला परेकाले हत्या भएको दावी स्थानीयले गरेका छन् । स्थानीय गीता गिरीका अनुसार बालकको घाँटीमा धारिलो हतियारले रेटेजस्तो देखिएको छ भने महिलाको शव घोप्टो अवस्थामा छ ।

स्थानीयले दुबैजना मृत अवस्थामा फेला परेको देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगिनसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईले बताए । ‘घटनाको प्रकृति प्रहरीले देखेको छैन् । इप्रका कटारीबाट टोली खटाइएको छ, पुगेपछि अनुसान्धानले केहि निक्र्यौल गर्नेछ’ उनले भने ।

कार्यपालिका सदस्यसमेत रहेका गिरीअनुसार मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्