Logo
Logo

एआईजी ज्ञवालीलगायतले दायर गरेको रिटमा सुनुवाइ हुँदै


945
Shares

काठमाडौं । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीलगायत प्रहरी अधिकारीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले भदौ १३ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ माग्दै छलफलमा बोलाएको थियो ।

विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्