काठमाडौं । कुमारी बैंक लिमिटेडले महिला खातावालालाई लक्षित गरी तीजको उपलक्ष्यमा क्यास ब्याक योजना ल्याएको छ ।नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका खातामा यस्तो योजना ल्याएको हो ।
बैंकका अनुसार विदेशबाट रेमिट्यान्स पाउने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रुपैयाँको क्यास ब्याक दिइनेछ ।
योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने बैंकले विश्वास लिएका छन् । विगत २३ वर्ष देखि बैंकिङ्ग सेवा दिदंै आएको कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल रहेको छ ।
त्यस्तै बैंकले ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।