काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच टिकटमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी टिकटमा ८ प्रतिशतसम्म छुट हुने जनाइएको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रमुख कार्यकारी अधिकृत दिपककुमार देको उपस्थितिमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र बुद्ध एयरका सञ्चालक रूपेश जोशीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रविण मुनि बज्राचार्यलगायतको उपस्थिति थियो ।