काठमाडौं, ३० बैशाख ।
नेपालमा कोरोना समुदायमा विस्तार भएको छ । मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्सा, रुपन्देही, बारा र कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका हुन् । ५७ मध्ये ३९ पर्सा, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीले बताए ।
सोमबार २१ जनामा संक्रमण देखिएको थियो । नेपालमा संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।
पछिल्लो तीन दिनमा तराईका जिल्लाहरुमा संक्रमण ह्वात्तै बढेको छ । भारतबाट प्रवेश गरेकाहरुबाटै कोरोना भित्रिएको हो । खुला सीमाका कारण नेपालमा कोरोनाले महामारी रुप लिने देखिएको छ ।