Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


819
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि शेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको छ ।

सो शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्