Logo
Logo

महेश, गुलावजंग र ऐनलाई पार्टी छाडेर ‘इन्जोय’ गर्न ओलीको आग्रह


701.9k
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले महेश बस्नेत, गुलावजंग शाह र ऐन महरलगायतका नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिए ।

पार्टीका नेता कार्यकर्ताहरूमा अनुशासनहीन, चरित्रहीन र नैतिकहीन गतिविधि बढेको भन्दै बस्नेत शाह र महरलगायत नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिएका हुन् ।

बुधबार सुरु भएर बिहीबार सकिएको एमाले पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले भने, ‘कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ । दुवै एकैपटक गर्न पाइँदैन एमाले कुनै ढल होइन, आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन र त्यो व्यक्ति एमाले हुन सम्भव छैन ।’

विशेषगरी बस्नेत, शाह र महर यौन प्रकरणमा जोडिएका प्रसङ्गसमेत बाहिर आएका छन् । त्यसबाहेक कतिपय नेता कार्यकर्ता आर्थिक अनुशासनको दायराभन्दा बाहिर गएर गतिविधि गर्ने गरेका गुनासा छन् ।

अध्यक्ष ओलीले प्रवृत्तिगत रूपमा पार्टीमा मौलाएका विभिन्न खाले अराजकता तथा आर्थिक, नैतिक र चारित्रिक रूपमा उठेका प्रश्नमा छानबिन हुने र आएको नतिजालाई कडाइका साथ कार्यान्वयनमा लैजाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्