Logo
Logo

द्वन्द्वपीडितले प्रधानमन्त्रीलाई भने- दिने भनिएकोमध्ये बाँकी ६ लाख खै ?


7.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गठन गर्दा पीडित केन्द्रित भावनालाई समेट्न माग गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्ष रुपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्व दिन आग्रह गरेको हो ।

संघकी अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रतिपीडित सात लाख पचास हजारमध्ये एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासाका लागि पनि स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्