Logo
Logo

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त


378
Shares

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकमकाे प्रबन्ध निर्देशक नियुक्त गरेको हाे ।

प्रबन्ध निर्देशक नियुक्तिपछि पहाडीले आफ्नो कार्यकालमा टेलिकमलाई अझै उचाइमा लैजाने प्रतिवद्धता जनाएकी छन् । यसअघि उनी २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला पहाडीलाई सरकारले अर्को व्यवस्था नभएसम्म निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।

पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्