Logo
Logo

माफी माग्दै फेसबुकले फिर्ता गर्‍यो बालेनको पोष्ट


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सामाजिक सञ्जाल फेसबुकले हटाएको पोस्ट फिर्ता गरिदिएको छ । मेयर बालेनले चार दिनअघि नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले घरेलु बालश्रमिक राखेर शोषण गरेको भनेर फोटोसहित स्टाटस सामाग्री पोष्ट गरेका थिए ।

उक्त पोस्टमा मेयर शाहले दोषी सांसद शर्मालाई किन नसमातेको भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश पोखेका थिए । उक्त पोष्टमाथि एमाले नेता तथा कार्यकर्ताले विरोध गरेपछि फेसबुकले हटाइएदिएको थियो । तर, अहिले सोही पोष्ट फेसबुकले फिर्ता गरिदिएको हो ।

बालेनले पोस्ट गरेको दुई दिनपछि फेसबुकले हटाएको उक्त स्ट्याटस फेसबुकले माफी माग्दै चार दिनपछि फिर्ता गरिदिएको हो । फिर्ता भएको पोष्टमा रिप्लाई गर्दै मेयर शाहले आफुहरुले समीक्षा गर्न अनुरोध गरेपछि फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको बताएका छन् ।

एमालेका नेता–कार्यकर्ताले उक्त पोस्ट मेयर बालेनले आफैँ हटाएको बताएका थिए । मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए ।

फेसबुकले हटाएर पुनः फिर्ता गरेको पोष्ट

प्रतिक्रिया दिनुहोस्