Logo
Logo

जाजरकोटको बारेकोटमा पहिरोले घर पुरिँदा वडासदस्य दम्पती बेपत्ता


441
Shares

फाइल तस्वीर

काठमाडौं । जाजरकोटको बारेकोटमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ धुमामा गएराति अविरल वर्षासँगै आएको पहिरोल घर पुरिँदा महिला वडा सदस्यका दम्पती बेपत्ता भएका हुन् ।

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले महिला वडा सदस्य प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका जानकारी दिए ।

पहिरोमा पुरिएकी उनीहरुकी ११ वर्षीय छोरीको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको छ । वडासदस्य दम्पतीको अवस्था अझै अज्ञात छ । स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ता दम्पतीको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्