Logo
Logo

शैक्षिक छात्रवृत्तिले नेपाल-पाकिस्तानबीच सम्बन्धको निकटता झल्काएको छ : राजदूत हाश्मी


567
Shares

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरूबाट स्नातक उत्तीर्ण गरेका नेपाली विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराई प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (पीटीएपी) अन्तर्गत फार्मेसी, इन्जिनियरिङ् आदिमा छात्रवृत्ति प्राप्त गर्ने र जनसञ्चार र कृषि लगायतमा स्नातक गरेका विद्यार्थीका लागि उक्त सम्मान कार्यक्रम गरिएको हो ।

पाकिस्तानी दूतावासले विगतदेखि गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । काठमाडौंस्थित होटल अलफटमा आयोजित कार्यक्रममा नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई मजबुत बनाउन योगदान पु¥याउने व्यक्तित्वहरू सहभागी थिए ।

सो अवसरमा शिक्षा तथा प्रविधिमन्त्री भट्टराईले नेपाल–पाकिस्तान मैत्रीपूर्ण सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले नेपाली विद्यार्थीहरुलाई नेपालका प्रख्यात शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवादसमेत ज्ञापन गरिन् ।

साथै, पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु¥याइरहेको बताउँदै मन्त्री भट्टराईले आगामी दिनमा पनि पाकिस्तानको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेकी छन् । यस्तै, नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए ।

उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीहरूले जीवनभरको मित्रता बनाएको र जीवनभर सकारात्मक सम्झनाहरू बोकेर बसेको बताए । उनले आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने आश्वासन दिए ।

उनले छात्रवृत्ति पुरस्कार संख्या र स्पेक्ट्रम दुवैको दायरा बढाउने प्रयासको विशेष उल्लेख गर्दै भने, ‘यस वर्ष, अवशोषण र उपलब्ध क्षेत्र छनोटको अधीनमा प्रत्येक वर्ष चरणबद्ध रूपमा वृद्धि गर्ने उद्देश्यले छ थप सिटहरू प्रस्ताव गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्