Logo
Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित


378
Shares

काठमाडौं । आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि सम्पूर्ण तयारीका बाबजुद अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गरिएको हो ।

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैथिए । स्थापना भएको १३ वर्षपछि गर्न लागिएको दीक्षान्त समारोह स्थगित गएिको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए ।

कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने विद्यार्थी, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो ।

तर एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले जानकारी दिए । यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्