Logo
Logo

माछा मार्न जाँदा राप्तीमा बेपत्ता दुई जना अझै भेटिएनन्


252
Shares

चितवन । राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबार जमुनाघाटस्थित राप्तीखोलामा २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए ।

उनीहरू आजसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भएपनि अहिलेसम्म भेट्टाउन नसकिएको उनले बताए । उनीहरुको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्