Logo
Logo

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


252
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन तोलाको १२ सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्