Logo
Logo

नेपाल भित्रियो प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस


378
Shares

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट आधिकारीक रुपमा नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई यहि १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो ।

स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा विक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो । सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् ।

प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।

नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयालले नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपालमा भित्र्याउन पाँउदा निक्कै हर्षित भएको बताए । ‘यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो । नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन्,’ उनले भने ।

स्मरणीय छ, अध्यक्ष शम्भुले सुरु गरेको स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेश्रो पुस्तामा पुस्तान्तरण भईसकेको छ । तिन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक्जरी वाच ब्राण्डलाई नेपाली बजारमा आयात तथा विक्री वितरण गर्दै आएको छ । दरर्वारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुम बाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाईन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा ५२ बर्ष देखी अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको विक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिंदै आएको अतुलनिय विक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ । लक्जरी वाचको खरिद विक्री, लक्जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरु विच रहेका जिज्ञासाहरुको समाधानमा देखाएको तत्परताले स्विस टाईमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वासनिय नाउँ बन्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्