Logo
Logo

इन्टरपोलको खोजीमा डीएसपी शाही, प्रहरी हेडक्वाटरले थाल्यो छानबिन


6.4k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ ।

सिंगापुरस्थित प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल कन्ट्रोल ब्यूरो (एनसीबी) ले डीएसपी शाहीसहित तीन जनालाई खाेज्दै एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रहरी हेडक्वाटरले उनीमाथि छानविन सुरु गरेको हो ।

एनसीबी सिंगापुरले कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमिबारे जानकारी गराउन भन्दै २९ जुलाई २०२४ मा पत्र पठाएको थियो । उक्त पत्रपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत डीएसपी शाहीमाथि छानबिन सुरु भएकाे हाे ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले ‘विवादित छवि’का कालिकोटका महेन्द्रजंग शाहसँगको सम्बन्धबारे प्रहरी प्रधान कार्यालयले छानबिन थालेको जानकारी दिए । यसअघि महेन्द्रजंग शाहमाथि आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआएस) को गतिविधिमा संलग्न रहेको आरोप लागेको थियो । उनलाई २०१६ मा यही आरोपमा मलेसिया सरकारले डिपोर्ट गरेको थियो ।

सिंगापुर प्रहरीले उक्त विषयमा निगरानी गरिहेको थियो । तर, केहि समयअघि डीएसपी शाही र शाह घुमफिर गर्न पुगेपछि सिंगापुर प्रहरीले उनको क्रियाकलाप माथि समेत चासो देखाउँदै उनीहरुको सम्बन्धबारे बुझ्न पत्राचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्