काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार भएको भेटघाटमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।
उक्त भेटमा प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र कांग्रेसबाट देउवा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।
एक अनुसार भेटमा कांग्रेस सभापति देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली पनि सहमत छन् ।
न्यूनतम साझा कार्यक्रमका लागि प्रधानमन्त्रीले सरकारमा सहभागी दलहरुको बैठक बोलाउने छन् ।