Logo
Logo

अबदेखि सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टामात्रै


1.1k
Shares

काठमाडौं । अब सरकारी कार्यालयका कर्मचारीले खाजा खाने समय आधा घण्टा मात्रै पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जालमार्फत् सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन् ।

सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै उनले अबदेखि दिउँसो १ः ३० देखि २ बजेसम्मका लागि मात्रै खाजा समय कायम गरिएको बताएका छन् ।

‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ,’ उनले भनेका छन् ।

नयाँ नियमलाई कसैले उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो टिपाउनसमेत उनले अनुरोध गरेका छन् । ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,’ प्रधानमन्त्रीले भनेका छन् । सरकारी कार्यालयमा कर्मचारीले खाजा खाने समय लामो हुँदा सेवाग्राहीले समस्या झेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्