Logo
Logo

राप्रपाले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वदेश तथा प्रवासमा आफ्नो एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकाल्दै असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको हो । २०८१ लाई पार्टी प्रवेशको वर्षका रूपमा मनाउनेसमेत निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ भने पार्टीको कार्यालय भवन चाबहिलमा बनाउन आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्