Logo
Logo

आजदेखि सेनाको कमान्ड सम्हाल्दै अशोकराज सिग्देल


945
Shares

काठमाडौं । प्रधानसेनाति अशोकराज सिग्देलले आजबाट नेपाली सेनाको कमान्ड सम्हाल्दै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाने भएपछि सिक्देलले ४५औं प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन् ।

शर्मा गत साउन २४ गतेदेखि नै बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।

राष्ट्रपति पौडेलबाट दज्र्यानी चिन्ह प्राप्त गरेर सिग्देलले आजदेखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्दै छन् । ३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्