Logo
Logo

कोरोना बीमाकाे रकम भुक्तानीसम्बन्धी रिटमा आज सुनुवाइ


378
Shares

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले कोरोना बिमाको रकम माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै संघले आइतबार सर्वोच्चमा रिट दायर गरेको हो । उक्त रिटमा सुनुवाइका लागि आज बिहान १० बजे पेशी तोकिएको हो ।

सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ । हाल बिमितले कोरोना बिमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्