Logo
Logo

दाङको टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्रै उडान हुने


693
Shares

काठमाडौं । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान हुने भएको छ । नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको जानकारी दिए ।

यसअघि हप्ताको सातै दिन उडान भर्ने भनिएपनि एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले निगमले शुक्रबारमात्र उडान भर्ने नीति लिएको हो ।

अहिले प्रत्येक शुक्रबार दिउँसो १२ बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने तालिका रहेको छ । हाल दाङबाट काठमाडौँ जाँदा सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा सात हजार २५० भाडा लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्