Logo
Logo

मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने


882
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने भएको छ । विभागले एक सूचना जारी गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई उक्त निर्णय कार्यान्वयन गर्न सूचित गरेको हो ।

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह/रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्