Logo
Logo

पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको अद्वैतलाई, साधना सम्मान चामलिङलाई


378
Shares

काठमाडौं । ‘पद्मश्री साहित्य पुरस्कार २०८०’ प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले विज्ञप्ति जारी गर्दै अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय भएको छ ।चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री हुन् ।

यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई अर्पण गर्ने प्रतिष्ठानले जनाएको छ । यी पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको प्रतिस्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्