Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


0
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । संसद सचिवालयका अनुसार आजको बैठकमा शून्य तथा विशेष समयमा सांसदहरूले आफ्ना भनाइ राख्ने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेश गर्ने छन् ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक– २०८० माथी छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी शिक्षामन्त्री भट्टराईले नै ‘नेपाल विश्वविद्यालय विधेयक– २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्