Logo
Logo

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान ह्वील स्टेरिङ लक भएपछि ‘डाइभर्ट’


1.1k
Shares

file photo

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको इन्डिकेटरमा समस्या देखिएपछि डाइभर्ट गरिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई डाइभर्ट गरिएको हो । ‘काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो,’ उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।’

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्यमा पु¥याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्